कारोबार


रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो

रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो

नेपालखबर
भदौ ३१, २०८०, आइतबार , काठमाडौँ

आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना (साउनमा) रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ। साउन मसान्तसम्ममा रेमिट्यान्स २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो।

साउन मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु. १२८ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो।

भदौ ३१, २०८०, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .