ad ad

कारोबार


निगमको जहाज मर्मतका लागि इजरायल जाने

निगमको जहाज मर्मतका लागि इजरायल जाने

नेपालखबर
भदौ ३१, २०८० आइतबार १४:३८, काठमाडौँ

नेपाल वायुसेवा निगमको ९एन–एकेएक्स जहाज मर्मतको लागि आइतबार (१७ सेप्टेम्बर) इजरायल जाने भएको छ।

आज बेलुकी साढे ११ बजे जहाज इजरायल उडान गर्ने निगमले जनाएको छ। मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्पेम्बर मा जहाज काठमाडौं अवतरण आइतबार निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै निगमले लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएकोमा एमआराओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आईएआई) सँग लिज सहितको इन्जिन मर्मत गर्न सम्झौता गरिएको निगमले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .