ad ad

कारोबार


निक्षेपको ब्याजदर : सरकारी बैंकहरूले घटाए, निजीले बढाए

अब कुन खातामा कति दिन्छन्?
निक्षेपको ब्याजदर : सरकारी बैंकहरूले घटाए, निजीले बढाए

नेपालखबर
भदौ ३१, २०८० आइतबार १६:५, काठमाडौँ

सरकारी तीन वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। असोज १ गतेदेखि लागू हुने गरी सरकारी तीनवटै बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका छन्।

अन्य आधा दर्जन वाणिज्य बैंकहरुले भने निक्षेपको ब्याजदर बढाएका छन्। चार वाणिज्य बैंकले निक्षेपको ब्याजदर यथावथ नै राखेका छन्। भदौको तुलनामा असोजमा हिमालयन बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र नबिल बैंकले निक्षेप ब्याज दर बढाएका छन्।

त्यसैगरी सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन्।

नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई दिएको थियो।  

यससँगै भदौ यता बैंकहरूले आफू अनुरुप नै ब्याजदर कायम गर्न थालेका छन्।

प्रणालीमा अधिक तरलता त्यसमाथि कर्जा प्रवाह बढ्न नसकेको बेलामा आधा दर्जन बैंकले निक्षेपमा ब्याजदर बढाएका छन्।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स निक्षेपमा भने बैंकले ९ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.५देखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर तोकेको छ।

संस्थागततर्फ बैंकले न्यूनतम ८.४४ देखि ८.७५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले भदौको ब्याजदर असोजमा निरन्तरता दिएको छ।

हिमालयन बैंक
हिमालयन बैंकले साधारण बचत खातामा न्यूनतम ६.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशशत ब्याजदर तोकेको छ। साधारण बचतमा बैंकले भदौको तुलनामा असोजमा ब्याजदर बढाएका छन्।

बैंकले मुद्दती निक्षेपको हकमा न्यूनतम ९.०५ देखि ११.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यसैगरी रेमिट्यान्स मुद्दती १२.०५ प्रतिशत ब्याजदर कायम कायम गरेको छ। बैंकले भदौको तुलनामा असोजमा ब्याजदर घढाएको छ।

कुमारी बैंक
कुमारी बैंकले साधारण बचत खाताको ब्याजदर बढाएको छ। बैंकले साधारण बचत खातामा न्यूनतम ६.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा अधिकतम ९.५१ देखि १०.११ प्रतिशत ब्याजदर तोकेको छ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले साधारण बचत खातामा ब्याजदर बढाएको छ। प्राइम कमर्सियल बैंकले साधारण बचत खातामा न्यूनतम ६.३५ प्रतिशत देखि अधिकतम ८.३५ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा ११.३५ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ९.३५ प्रतिशत ब्याजदर कायम गरेको छ।

प्रभु बैंक
प्रभुले साधारण निक्षेपतर्फ न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत र संस्थागत मुद्दतीतर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले भदौको ब्याजदरलाई असोजमा निरन्तरता दिएको छ।

नबिल बैंक
नबिल बैंकले साधारण बचत खातामा ब्याजदर बढाएको छ। बैंकले साधारण बचत खातामा न्यूनतम ६.०५ देखि अधिकतम ७.०५ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ९.०५प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा अधिकतम ११.०५ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले न्यूनतम ९.०५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले मुद्दती खातामा ब्याजदर बढाएको छ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले साधारण बचत खातामा ब्याजदर घटाएको छ। यस बैंकले बचत खातामा न्यूनतम ५.५० देखि अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले रेमिट्यान्स बचतमा भने ८.५० प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले व्यक्तिगत मुद्दतीतर्फ न्यूनतम १०.५० प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागततर्फ ८.५० प्रतिशत ब्याजदर तोकेको छ। बैंकको मुद्दतीको ब्याजदर समेत घटाएको छ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले साधारण बचत खातामा भदौको ब्याजदर नै निरन्तरता दिएको छ।

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा अधिकतम १० प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले मुद्दती खातामा ब्याजदर बढाएको छ।

एनएमबी बैंक
एनएमबी बैंकले साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। साधारण बचत खातामा भदौको ब्याजदर निरन्तरता दिएको छ। त्यसैगरी बैंकले रेमिट्यान्स बचतमा भने ९.२५ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगत तर्फको मुद्दती खातामा न्यूनतम ८.१० प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ७.९९ प्रतिशत ब्याजदर तोकेको छ।

स्टान्डर्ड चाटर्ड बैंक
स्टान्डर्ड चाटर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.९७ प्रतिशतदेखि अधिकतम ६.५४ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले रेमिट्यान्स बचत खातमा ७.५५ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ७.७९ प्रतिशतदेखि अधिकतम ९.२९ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यास मुद्दती बचतमा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने बैंकले ८.४० प्रतिशत ब्याजदर कायम गरेको छ। यस बैंकले साधारण बचत खाताको ब्याजदर स्थिर नै राखेको छ।

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ न्यूनतम ८ देखि ८.५० प्रतिशत र संस्थागततर्फ १० प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा १० प्रतिशत ब्याजदर कायम गरेको छ।

सानिमा बैंक
सानिमा बैंकले साधारण निक्षेपमा ब्याजदर घटाएको छ। बैंकले असोजको लागि साधारण निक्षेपको ब्याजदर घटाएको छ। बैंकले साधारण निक्षेपमा न्यूनतम ४.९५ प्रतिशतदेखि अधिकतम ७.९५ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ न्यूनतम ९.५० देखि अधिकतम ९.९५ प्रतिशत तोेकेको छ। रेमिट्यान्स मुद्दतीमा १०.९५ प्रतिशत ब्याजदर तोकिएको छ। बैंकले मुद्दती निक्षेप तर्फ ब्याजदर घटाएका हुन्।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ। यस बैंकले असोजमा साधारण निक्षेपको ब्याजदर स्थिर राखेको छ।

बैंकले रेमिटेयान्स बचत खातामा समेत ८ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम ९.९९ र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले भदौको ब्याजदर असोजमा निरन्तरता दिएको छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा न्यूनतम ४.५० प्रतिशत देखि अधिकतम ६.९५ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै यस बैंकले रेमिट्यान्स बचत खातामा ७.५० प्रतिशत ब्याजदर तोकेको छ।

यस बैंकले व्याक्तिगत मुद्दतीतर्फ ९.५० प्रतिशत ब्याजदर तोकेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा न्यूनतम ६.०५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले साधारण बचत खातामा ब्याजदर बढाएको छ।

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ ११.०५ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ ९.०५ प्रतिशत ब्याजदर कायम गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकले भने भदौ ब्याजदरलाई असोजको लागि निरन्तरता दिने जनाएको छ। बैंकले सुाधारण बचत खातामा न्यूनतम ५.२५ देखि अधिकतम ७.२५ प्रतिशत कायम गरेको छ।

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ न्यूनतम १० देखि अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोेकेको छ।

नेपाल बैंक
नेपाल बैंकले निक्षेपमा न्यूनतम ४.९५ प्रतिशतदेखि अधिकतम ६.९५ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले साधारण बचत खाताको ब्याजदर घटाएको छ।

नेपाल बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ९.२९ प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागत तर्फ ७.२९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा ११.८९ प्रतिशत ब्याजदर कायम गरेको छ।

कृषि विकास बैंक
कृषि विकास बैंकले साधारण निक्षेपमा न्यूनतम ५.५१ प्रतिशतदेखि अधिकतम ७.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। यस बैंकले साधारण बचतखाताको ब्याजदर घटाएको छ।

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपमा ९.५१ देखि अधिकतम १०.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ८.०१ देखि अधिकतम ८.५१ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले रेमिट्यान्स मुद्दतीमा ११.०१ प्रतिशत ब्याजदर तोकेको छ। साउनको तुलनामा भदौमा यस बैंकले सबै खाले निक्षेपको ब्याजदर बढाएको छ। यस बैंकले सबै निक्षेप खाताको ब्याजदर घटाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .