कारोबार


ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा महर्जनको दाबी

ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा महर्जनको दाबी

नेपालखबर
भदौ २८, २०८० बिहिबार १७:५०, काठमाडौँ

आगामी असोज १९ र २० गते उद्योग वाणिज्य संघ, ललितपुरको ४४ औं साधारण सभा हुँदैछ। साधारण सभाको मिति नजिकिँदै जाँदा संघले पाउने नयाँ नेतृत्वको बारेमा पनि विभिन्न चर्चा भइरहेका छन्। 

उद्योगी व्यवहायीहरूको उत्सवका रुपमा लिइने यो साधारण सभाबाट नयाँ नेतृत्व लिनका लागि विभिन्न समूह लबिइङमा लागेका छन्। 

यसैबीच एक कार्यकाल महासचिव चलाइसकेका रुपक्मान महर्जनले नेतृत्वमा आफूलाई दाबी गरेका छन्। ललितपुरलाई काठमाडौंको छायाबाट परिवर्तन गराएर निर्णायक रुपमा नै हस्तकलाको केन्द्र बनाउन पहल गर्ने उनको भनाई छ। 

यद्यपि उनले आफ्नो प्यानलका अन्य सदस्यको नाम भने सार्वजनिक गरिसकेका छैनन्। 

अध्यक्षका लागि अन्य समूहबाट पनि केहीको नाम सार्वजनिक भएपनि आफ्नो यसअघिको सफल कार्यकाल र नेतृत्व क्षमताका कारण आफू नै सक्षम भएको महर्जनले बताए। 

उनले खस्कँद हस्तकला व्यवसायलाई माथि उठाउन, पर्यटन प्रवर्द्धन गर्न र २९ वटै वस्तुगत संघका सरोकारका विषयहरू उठाउन पहल गर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .