ad ad

कारोबार


नाडा अटो शो : साढे १० प्रतिशतमै अटो लोन दिँदै नबिल र ग्लोबल आईएमई

नाडा अटो शो : साढे १० प्रतिशतमै अटो लोन दिँदै नबिल र ग्लोबल आईएमई

नेपालखबर
भदौ २७, २०८० बुधबार १८:५२, काठमाडौँ

नाडा अटो शोमा नबिल बैंक र ग्लोबल आईएमई बैंकले आकर्षक ब्याजदरमा अटो लोन प्रवाह गरिरहेका छन्।

तीन वर्षपछि मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा सहभागी यी बैंकहरुले साढे १० प्रतिशतमै लोन प्रवाह गरेका हुन्। 

नविल बैंकले गाडी किन्ने ग्राहकहरुलाई लक्षित गर्दै ५ वर्ष र ७ वर्षका लागि फिक्स्ड लोन प्रवाह गरिरहेको छ। 

विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्स गर्ने बैंकले ५ वर्षका लागि १०.४९ प्रतिशत ब्याजदर तोकेको छ।

७ वर्षका लागि १०.९९ प्रतिशत ब्याजदर रहेको नबिल बैंकले जनाएको छ। 

त्यस्तै ग्लोबल आईएमई बैंकले विद्युतीय गाडी र फ्युल इन्जिन गाडीका लागि फरक ब्याजदर तोकेको छ।

ग्लोबर आईएमईले विद्युतीयका लागि १०.४९ प्रतिशत र पेट्रोल डिजेल इन्जिनका गाडीमा १०.९९ प्रतिशत कर लाग्ने उल्लेख गरेको छ। 

कमर्सियल गाडीमा भने केही महंगो छ। ढुवानीका साधन र ११, १४ र १९ सिटे विद्युतीय भ्यानमा ११.४९ प्रतिशत ब्याजदर तोकिएको छ।

इन्धनका गाडीमा भने १२.४९ प्रतिशत तोकिएको छ। ग्लोबल आईएमई बैंकले विद्युतीय गाडीमा ०.५० प्रतिशत र आइस इन्जिनको सवारी साधनमा ०.७५ प्रतिशत प्रशासन शुल्क लाग्ने उल्लेख गरेको छ। 

त्यस्तै प्रभु बैंकले ११.१५ प्रतिशतमा अटो कर्जा उपलब्ध गराएको छ।

बैंकहरुले ५ देखि ७ वर्षसम्मलाई स्थिर ब्याजदर उपलब्ध गराउने भएका हुन्। विद्युतीय गाडीमा बेसरेटमा थप १ प्रतिशत मात्रै प्रिमियम जोडेर कर लगाउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .