ad ad

कला


प्रकाश सपूतको भिडिओको तरंग : अबदेखि प्रहरीको बर्दीको दृश्य देखाउँदा स्क्रिप्ट खुलाएर पूर्वअनुमति लिनुपर्ने

प्रकाश सपूतको भिडिओको तरंग : अबदेखि प्रहरीको बर्दीको दृश्य देखाउँदा स्क्रिप्ट खुलाएर पूर्वअनुमति लिनुपर्ने

नेपालखबर
भदौ २७, २०८० बुधबार १९:१०, काठमाडौँ

पटक पटक विवादमा आइरहने प्रकाश सपूतले ल्याएको पछिल्लो तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’को विवाद प्रहरी प्रधान कार्यालयसम्म पुगेको छ।

दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागका रुपमा सार्वजनिक उक्त गीतको अन्त्यमा प्रहरीको बर्दीमै विवादित दृश्य र डाइलग राखिएपछि प्रहरी प्रधान कार्यालयले बुधबार मुख खोलेको हो।

प्रकाश सपूतको गीतको उक्त दृश्यले प्रहरीलाई समेत विवादमा तानेपछि नक्सालले विज्ञप्ति निकालेको हो। यद्यपि सपूतले स्वस्तिमा खड्कासँगको उक्त विवादित दृश्य र डाइलग हटाएका छन्।

प्रहरी प्रधान कार्यालयले सपूतको उक्त गीतबारे केही उल्लेख नगरी समय यता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरेको जनाएको छ।

नक्सालले सांगठनिक मर्यादा विपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने एवम् प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने असामाजिक र अराजक प्रकृतिका अभिव्यक्ति आउने गरेको जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकोले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

अबदेखि नेपाल प्रहरीको पोशाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोशाक 'प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडिओको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने पनि कडायतले जनाएका छन्। 

उनले प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न पनि भनेको छ।

प्रहरी व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि नक्सालले भनेको छ। 

यदि  यस्ता काम भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि कडायतले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .