नाडा अटो शो–२०२३ मा पञ्च र टाटा टियागे ईभी लञ्च भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले टाटाको २ मोडल सार्वजनिक गरेका हुन्।
टियागो ४५ किलोवाट र ५५ किलोवाटमा उपलब्ध छ।
सिप्रद्री ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले नेपालमा भित्राइएका हरेक मोडल सफल भएकाले टियागो ईभीले पनि सफलता हासिल गर्ने बताए।
टाटाले नेपालमा ईभी ट्रेनिङ सेन्टर र ब्याट्री मर्मत सेन्टर स्थापना गरेको पनि उनले जानकारी गराए। टाटा टियागो ईभीको सुरूवाती मूल्य २१ लाख ९९ हजार रूपैयाँ रहेको छ।
त्यस्तै टाटा पञ्चको सुरूवाती मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ४३ लाख ४९ हजार रहेको छ। टाटा पञ्च पेट्रोल इञ्जिनमा उपलब्ध छ।
टाटाले ईभी म्याक्सको नयाँ मूल्य ४५ लाख ९९ हजार रहेको जनाएको छ। अटो शोमा टाटाको नेक्सन ईभी म्याक्स, टियागो र पञ्च प्रदर्शनीमा राखिएको छ।
Shares
प्रतिक्रिया