पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।
बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताएका हुन्।
स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीम हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताए।
उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।
त्यस्तै उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरे। स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ।
33
Shares
प्रतिक्रिया