ad ad

कारोबार


बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

नेपालखबर
भदौ २५, २०८० सोमबार २०:४९, काठमाडौँ

बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले नयाँ उपभोक्ता योजना ‘बर्जर हाम्रो घर हाम्रो शान’ ल्याएको छ।

दशैं र तिहारको उल्लासमय पर्वहरूमा थप रौनक थप्न ल्याइएको सो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीले बताएको छ। 

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजनालाई दश हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ। 

यसबाहेक यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्ने बताइएको छ।

साथै, डिजिटल प्रतियोगितामा भाग लिई सय उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन्।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ।

घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ। 

नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पु¥याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .