ad ad

कारोबार


स्थानीयबासीको माग सम्बोधन गरेरै लप्सीफेदीमा सबस्टेशन बनाउँछौँ : ऊर्जामन्त्री

स्थानीयबासीको माग सम्बोधन गरेरै लप्सीफेदीमा सबस्टेशन बनाउँछौँ : ऊर्जामन्त्री

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:२०, काठमाडौँ

सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको मागलाई सम्बोधन गरेरमात्रै लप्सीफेदी सबस्टेशनको निर्माण कार्य अघि बढाउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै उक्त सबस्टेशन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

स्थानीयवासीको समस्या समाधानका लागि सरकारले प्रयास जारी राख्ने उनले बताए। तामाकोशी तथा सुनकोशी नदी र कोशीका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय आपूर्ति लप्सीफेदीमा ४००-२२०-१३२-११ केभी सबस्टेशन निर्माण गर्न लागिएको हो।

सब-स्टेशनमा रामेछापको नयाँ खिम्तीबाट शुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदी सम्मको ४०० केभी प्रशारण लाइन जोडिनेछ।

नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रशारण लाइन निर्माणको अन्तिम चरणमा छ।

लम्सीफेदी सबस्टेशनबाट भक्तपुरको चाँगुनारायण सम्मको १३२ केभी प्रशारण लाइन र सबस्टेशन निर्माणाधिन छन्।

चाँगुनारायण १३२ के.भी. सबस्टेशन सम्पन्न हुने चरणमा छ। सबस्टेशनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी त्यही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो।

मुआब्जा तथा क्षतिपूर्ति बापत् करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .