विश्वभरका धनीमानीहरुको वैध/अवैध धन थन्क्याउनका लागि प्रसिद्ध छन्, स्वीट्जरल्यान्डका निजी बैंक। तर, पछिल्लो समय धनीमानीहरुले त्यहाँका बैंकबाट धमाधम पैसा निकाल्न थालेका छन्।
निजी स्वीस बैंकहरुले जनाएअनुसार धनीहरु ठूलो मात्रामा नगद झिक्न थालेका छन्। तिनले सो नगद आफ्नै व्यक्तिगत भण्डारमा थन्क्याउन थालेका छन्।
पछिल्लो पाँच वर्ष बैंकले ब्याज दिनुको सट्टा पैसा जम्मा गर्दा ग्राहकले उल्टै पैसा तिर्नुपरेपछि यस्तो अवस्था आएको हो। सन् २०१५ देखि सरकारले यस्तो नीति ल्याएको थियो।
स्वीस फ्र्यांकको भाउ बढ्न नदिन भन्दै सरकारले यस्तो नीति अघि सारेको थियो। एजेन्सी
3
Shares

प्रतिक्रिया