ad ad

कारोबार


ग्लोबल आईएमई बैंकले ल्यायो मेसिनबाटै नगद र चेक खातामा जम्मा गर्नसक्ने सुविधा

ग्लोबल आईएमई बैंकले ल्यायो मेसिनबाटै नगद र चेक खातामा जम्मा गर्नसक्ने सुविधा

नेपालखबर
भदौ १८, २०८० सोमबार १४:३५, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ।

सोमवार एक कार्यक्रमका बीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन्। बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो।

अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ। उक्त सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल बैंकले आफ्ना ग्राहकहरुलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए।

उनले मेसिन जडानसँगै ग्लोबल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने बताए। अध्यक्ष ढकालले ग्राहकहरुलाई डिजिटल रुपमा छिटो सेवा दिने कार्य अन्तर्गत मेसिनबाटै चेक र नगद जम्मा गर्ने कार्यको शुरुवात भएको बताए। उनले ग्लोबल आइएमई बैंक पुँजी,सेवा,टेक्नोलोजी,नेटवर्क र पहुँच लगायत हरेक हिसावले नम्बर एक बैंक बन्ने उद्देश्यका साथ गरिरहेको काममध्ये नगद तथा चेक जम्मा गर्ने मेसिन जडान भएको बताए।

त्यस्तै, ग्लोबल बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले विश्वको डिजिटल प्रविधि हेरेर नेपालमा पनि बैंकको सेवा बैंक भन्दा बाहिरबाट दिने उद्देश्यले नगद र चेक जम्मा गर्ने मेसिनको शुरुवात गरिएको बताए। उनले बैंकमा हुने चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने हिसावले बैंकमा उपस्थित नभई मेसिनबाट चेक जम्मा गर्ने प्रविधि ल्याएको बताए।

उनले नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नुपर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बताए। उनले मेसिन सुरक्षाको हिसाव मजबुत रहेको बताए।

पौडेलले मेसिनमा चेक जम्मा गर्ने आउने मानिसको अनलाइन भेरिफाइ गरेर जम्मा गर्ने बताए। उनले मेसिनबाट हुने कारोबार सबै डिजिटल रेकर्ड बस्ने भएको हुनाले भोलिको दिनमा तथ्याङ्क निकाल्न पनि सहज हुने बताए। उनले नगद जम्मा गर्ने मेसिनले नोट भेरीफाई गरेर मात्रै जम्मा गर्ने प्रविधि रहेको बताए।

उनले ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्नसक्ने बताए। पौडेलले मेसिनबाट ५०० र एक हजार रुपैयाँका नोट मात्रै नगद जम्मा गर्न सकिने बताए।

ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ। बैंकले नगद र चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंमा ५ ठाउँमा गरेको छ। नगद जम्मा गर्ने मेसिन काठमाडौंको कमलादी र न्युरोडमा छ भने काठमाडौं भन्दा बाहिर इटहरी, नारायणघाट र बुटवलमा रहेको छ। चेक डिपोजिट कमलादी, न्युरोड, कुलेश्वर तथा उपत्यका बाहिर विराटनगर र पोखरामा रहेको बैंकले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .