कारोबार


फोटोनको टीएम वान विद्युतीय लोडेड ट्रक ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो चढ्यो

फोटोनको टीएम वान विद्युतीय लोडेड ट्रक ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो चढ्यो

नेपालखबर
भदौ १७, २०८० आइतबार १३:२८, काठमाडौँ

फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ।

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ।

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ।

उक्त, टीएम वान विद्युतीय ट्रक यसपाली हुन गैरहेको को नाडा २०८० विशेष अफरका साथ प्रदर्शन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad