ad ad

कारोबार


धनकुटा नगरपालिकाद्वारा  १७ वटा सहकारी खारेज

धनकुटा नगरपालिकाद्वारा  १७ वटा सहकारी खारेज

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १८:३४, धनकुटा

धनकुटा नगरपालिकाले १७ वटा सहकारीसंस्थालाई खारेज गरिदिएको छ।

नगरपालिकाको सहकारी ऐन २०७५ बमोजिम संस्थाले पूरा गर्नुपर्ने दायित्व बहन नगरी बचतकर्ताको रकम जोखिममा पारेको भन्दै कारबाही गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीका अनुसार शुक्रबार सार्वजनिक सूचना निकालेर ती सहकारी खारेज गरिएको हो।

नगरपालिकाले अन्नपूर्ण वचत तथा ऋणसहकारी संस्था, क्रमिक दैनिक वचत तथा ऋणसहकारी संस्था, जनकल्याण वचत तथा ऋण सहकारी संस्था लगायत १७ वटालाई खारेज गरिएको हो। 

नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीका अनुसार यी सहकारी ४ वर्षदेखि साधारणसभासँगै लेखा परीक्षण नगरेको पाइएको छ।

उनीहरुले संस्था संचालनको विवरण समेत पालिकामा नबुझाई बसेको भेटिएको अधिकारीले बताए।

'खारेज गरिएका संस्थाले कुनै व्यक्ति वा संस्थालाई तिर्नुपर्ने दायित्व रहे संस्थाका संचालक समितिका पदाधिकारीसँग फरफारक गरि लिनुहुन भनेका छौँ', अधिकारीले भने, 'यी संस्थाबाट कसैले पनि आर्थिक कारोबार नगर्न भनेका छौँ।'

अधिकारीका अनुसार धनकुटा नगरपालिकाभित्र ७० वटा सहकारीहरु सञ्चालित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .