ad ad

कारोबार


राष्ट्रिय गौरवका आयोजना : १४ वटाको प्रगति ८० प्रतिशत, सातवटाको ५० प्रतिशत आसपास

राष्ट्रिय गौरवका आयोजना : १४ वटाको प्रगति ८० प्रतिशत, सातवटाको ५० प्रतिशत आसपास

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार १३:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताएका हुन्।

उनले दुईवटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको प्रगति ८० प्रतिशतमाथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको बताए।

दाहालले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताए। 

पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको उनको भनाइ छ। 

त्यस्तै लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको जानकारी दिए।

प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको र लगानी एवम् निर्माणको उपयुक्त मोडालिटी भएपश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ। 

यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैया विनियोजन भएको उनले बताए। मेलम्ची खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी पानि वितरणलाई सुचारु गरिने जानकारी उनले दिएका छन्।

उनले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .