साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ।
आज ५.०९ अंकले बढेको बजार १९९८.४८ विन्दुमा पुगेको हो। बजार बढेपनि कारोबार भने खुम्चिएको छ। आज कारोबार ९८ करोड ८६ लाखमा खुम्चिएको हो। अघिल्लो कारोबार दिन १ अर्ब २३ करोडको कारोबार भएको थियो।
कारोबारमा आएमध्ये ११८ कम्पनीको सेयरमूल्य बढ्दा ९७ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज कुथेलि कुखुरी स्मल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। लक्ष्मी सनराइज बैंकको सर्वाधिक ७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ४।३८ प्रतिशतले घटेको छ।
प्रतिक्रिया