नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेललाई नियुक्ति गरिएको छ।
हालका महानिर्देशक सञ्जीव गौतमको ४ वर्षे कार्यकाल यही जेठ १३ गतेदेखि सकिएपछि प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मा पाेखरेललाई दिइएकाे थियाे।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हाे। उनले शुक्रबारदेखि नै जिम्मेवारी सम्हालेका छन्।
पोखरेल प्रधिकरणमा २०४७ मंसिर २९ गते सेवा प्रवेश गरेका थिए।

प्रतिक्रिया