निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सातौं जिल्ला अधिवेशनबाट दीपेन्द्र थापा अध्यक्षमा निर्विरोध चयन भएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका-२ का पूर्ववडाध्यक्ष समेत रहेका थापा निर्माण व्यवसायीको जिल्ला नेतृत्वमा आएका हुन्। बिहीबार अबेर सम्पन्न अधिवेशनबाट पदाधिकारी निर्विरोध भए पनि सदस्यहरू चुनावबाट चयन भए।
संघको प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष धनश्याम नेपाल, महासचिव जयचन्द्र लामा, सचिव डबले लामा, कोषाध्यष बालसुन्दर कटुवाल र सहकोषाध्यक्षमा राजेन्द्र विक्रम थापा निर्विरोध भए।
कार्यसमितिको ६ जना सदस्यका १८ जनाले उम्मेदवारी दिएका थिए। भेषनाथ सापकोटा १ सय ५४ मत ल्याउँदै सदस्यमा निर्वाचित भए। यस्तै, बुद्धकुमार घले १ सय ३९ मत, रवीन्द्र सिलवाल १ सय २५, विनोद लामा घिसिङ १ सय २१, टंकप्रसाद दुलाल १ सय ७ र सरोज केशी १ सय २ मत प्राप्त गरी सदस्यमा बाजी मारे।
४ सय ४४ मतदाता रहेकोमा ३ सय ३० मत खसेको थियो।
निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंले अधिवेशनको उद्घाटन गरेका थिए। अधिवेशनको अवसरमा संघको सदस्य रही स्थानीय निर्वाचनमा विजयी हुनेहरूलाई सम्मान गरिएको थियो।

Shares

प्रतिक्रिया