प्रतिकूल मौसमको कारण कर्णालीका विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन सकेको छैन।
विगत दुई दिनदेखि हवाई सेवा प्रभावित हुँदा नागरिक समस्यामा परेका छन्।
कर्णाली प्रदेशका जिल्लामा विगत दुई दिनदेखि लगातार वर्षा भइरहेकाले हवाई सेवा नियमित हुन नसकेको हो।
डोल्पाको जुफाल, हुम्लाको सिमकोट, मुगुको ताल्चा लगायतका विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
30
Shares
प्रतिक्रिया