ad ad

कारोबार


नेप्से १९९९.२ बिन्दुमा, शिवम सिमेन्टको सर्वाधिक कारोबार

नेप्से १९९९.२ बिन्दुमा, शिवम सिमेन्टको सर्वाधिक कारोबार

नेपालखबर
भदौ ४, २०८० सोमबार १५:३०, काठमाडौँ

नेप्से २ हजार बिन्दु तल ओर्लिएको छ। आज १२.९३ अंकले घटेको बजार १९९९.२ बिन्दुमा अडिएको हो। 

कारोबारको सुरुवाती समयदेखि घटेको बजार उत्तार चढाप खेप्दै २ हजार बिन्दु तल झरेको हो। 

आज नेप्सेसँगै कारोबारमा समेत घटेको छ। अघिल्लो कारोबार दिन (आइतबार) १ अर्ब ४३ करोडको कारोबार भएको थियो। आज नेप्सेमा १ अर्ब ४० करोडको कारोबार भएको छ। 

कारोबारमा आएकामध्ये ४८ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ। त्यसैगरी ७ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

लक्ष्मी लघुवित्त र कुथुली बुखुरी स्मल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। आज नेप्सेमा शिवम सिमेन्टको ८ करोड २ लाखको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .