ad ad

कारोबार


२१.९९ अंकले घट्यो बजार, कारोबार खुम्चियो

२१.९९ अंकले घट्यो बजार, कारोबार खुम्चियो

नेपालखबर
भदौ ३, २०८० आइतबार १५:३६, काठमाडौँ

सेयरबजार २१.९९ अंकले घटेको छ। आज (आइतबार) २१.९९ अंकले घटेर २०११.१४ अंकमा अडिएको छ।

आज नेप्सेसँगै कारोबार समेत घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोडको कारोबार भएको थियो। नेप्सेमा १ अर्ब ४४ करोडको कारोबार भएको छ।

कारोबारमा आएमध्ये २९ कम्पनीको सेयरमूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। त्यसैगरी ८ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।

आज कारोबारमा आए १३ वटै उपसमुहमा गिरावट आएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको उपसमूह २.३४ प्रतिशतले घटेको छ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.५७ अंकले बढेको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .