ad ad

कारोबार


सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक

सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक

नेपालखबर
भदौ १, २०८० शुक्रबार १५:२९, काठमाडौँ

सामसङ नेपालले काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सार्वजनिक गरेएको छ।

अनावरणपछि सामसङले रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ। रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र ‘आईपीएक्सडी’ को खुबीहरु दर्शाइएको थियो र तिनको बारेमा छलफल गरिएको थियो।

कम्पनीका अनुसार दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ। मुख्य स्क्रीन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ। यसका साथै ‘आईपीएक्सडी’को समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ।

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ, जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ। यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ। यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो। उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण
ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ। यो एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउस निमग्न प्रदान गर्दै, वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ। ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङ्गहरुमा पाइनुका साथै १२ जीवी मेमोरी सहितका २५६ जीवी र ५१२ जीवी भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन्।

ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जीवी) को मूल्य २ लाख २६ लाख ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जीवी) को मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।

यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको छ। यसका साथै हरेक फोल्डयोग्य डिभाइसको प्रि– अर्डरमा ग्राहकहरुले रु.२५ हजार सम्मको फाइदा हुने छुटाउनै मुश्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन्। प्रि अर्डर उपहारहरु यसप्रकार छन्।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रति महिना रु.७ हजारसम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ।

यसैगरी यदि ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको छ। पुरानो मोबाइलको मूल्यांकन गरेर त्यो मूल्य बराबरको रकम नयाँ फोल्डेबल मोबाइल किन्दा घटाइने कम्पनीले जनाएको छ। सामसङले एकपटकको लागि एनएलजि इन्सुरेन्ससँगको सहकार्यमा ब्रेकेज बीमा सेवा पनि उपलब्ध गराएको छ भने एक वर्षभित्रमा एकपटकको लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको छ कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .