ad ad

कारोबार


जीतपुर सिमरामा टीभीएस शोरुम सञ्चालन

जीतपुर सिमरामा टीभीएस शोरुम सञ्चालन

नेपालखबर
भदौ १, २०८० शुक्रबार १५:४२, काठमाडौँ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरमा टीभीएस मोटरसाइकलको शोरूमको स्थापना भएको छ। जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टीभीएसको आधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडी टोलमा शोरूमको उद्घाटन गरेको हो।

जीतपुरमा टीभीएसको आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ। जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरे। अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै सञ्चालक र टीभीएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिए।

करिब २ करोड २५ लाखको लागतमा सञ्चालनमा आएको टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता स्वस्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका सञ्चालक किरन पुरीका अनुसार जीतपुरको टीभीएस शोरूममा टीभीएसको नयाँ मोटरसाइल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पूर्ण कामहरू हुने छ।

स्वास्तिक ट्रेड एण्ड कन्सर्नका सञ्चालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .