ad ad

कारोबार


अबको दुई वर्षमा सबै नेपालीको घरमा बिजुली पुग्छ : प्रधानमन्त्री

अबको दुई वर्षमा सबै नेपालीको घरमा बिजुली पुग्छ : प्रधानमन्त्री

विद्युत् प्राधिकरणको कार्यक्रमा प्रधानमन्त्री। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ १, २०८० शुक्रबार १२:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकहरूलाई नि:शुल्क विद्युत उपलब्ध गराउने निर्णयबाट गरिबीको रेखामुनिका करिब २० लाख घरधुरीलाई लाभ भएको पनि बताए।

खेतीयोग्य जमिनका लागि सिँचाइ कार्यक्रमअन्तर्गत विद्युतमा ७५ प्रतिशतसम्म शुल्क कम गरिएको पनि उनले बताए।

दाहालले आगामी २ वर्षभित्र सबै नेपालीको घरमा बिजुली बालिसक्ने पनि बताएका छन्।

‘आगामी दुई वर्षभित्र सबै नेपाली जनताको घरदैलोमा विद्युत पुर्‍याउने लक्ष्यअनुरूप नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ’, उनले भने, ‘त्यहीअनुरूप अपेक्षित लक्ष्य हासिल गर्न प्राधिकरण सफल हुनेमा म विश्वस्त छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .