कारोबार


डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य, अब कति?

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य, अब कति?

नेपालखबर
साउन ३०, २०८० मंगलबार २१:१६, काठमाडौँ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। 

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad