सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम आयोजना सम्पन्न गरेको छ।
शनिबार पोखरास्थित पांँच तारे होटल पोखरा ग्राण्डमा सम्पन्न कार्यक्रममा, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।
3
Shares

प्रतिक्रिया