ad ad

कारोबार


आईएफसी उपाध्यक्ष उपाय फुलफिलमेन्ट सेन्टरमा

आईएफसी उपाध्यक्ष उपाय फुलफिलमेन्ट सेन्टरमा

नेपालखबर
साउन १९, २०८० शुक्रबार १३:१४, काठमाडौँ

अन्तर्राष्ट्रिय वित्तीय निगमका उपाध्यक्ष सुसान लन्डले उपायको काठमाडौँस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन गरेका छन्।
 
नेपालको तीन दिने भ्रमणमा रहेका उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड सदस्य रंजीव श्रेष्ठले उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन गराएका हुन्।
 
उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमणको क्रममा उपाध्यक्ष सुसानलाई नेपालको लजिस्टिकको समग्र इतिहास तथा उपायको नेपाली लजिस्टिक क्षेत्रको रुपान्तरणका लागि भावी कार्यक्रमबारे प्रवन्ध निर्देशक रायमाझीले जानकारी गराए।
 अवलोकनमा डोल्मा ईम्प्याकट फन्डका प्रतिनिधि र आईएफसीका अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।

उपाय, नेपालको लजिस्टिक क्षेत्रमा प्रविधि मार्फत सेवा प्रदान गर्ने कम्पनी हो।  
सन् २०१८ मा स्थापित यस कम्पनीले चार वटा भर्टिकल मार्फत सेवा प्रदान गर्दै आएक छ।

पेप्सीकोलामा अवस्थित उपाय फुलफिलमेन्ट सेन्टर (उपाय स्पेस) दश हजार वर्ग फिटमा फैलिएको छ। जसले नेपाल भर १५०ं स्थानहरुमा अडर्र लिने र सामान वितरण सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .