हङकङको वनचाइस्थित जाफे रोडमा रहेको ६१६ हटपट रेस्टुरेन्टमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्।
विष्फोट शुक्रबार दिउँसो १ बजे भएको हो। विष्फोटमा परी दुई जना ग्राहक घाइते भएका हुन्।
विष्फोटलगत्तै घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक उपचार पश्चात् घाइतेहरूलाई अस्पताल लगेको थियो।
प्रत्यक्षदर्शीहरूले एलपी ग्याँस विष्फोट भएको बताएका छन्।
विष्फोटका कारण रेस्टुरेन्ट वरिपरि खाना तथा भाँचिएका भाँडा टुक्राहरू यत्रतत्र छरिएका थिए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थललाई सुरक्षा घेरामा राखिएको छ।
घाइतेहरूलाई क्वीन मेरी अस्पताल लगिएको छ।
267
Shares
प्रतिक्रिया