ad ad

कारोबार


काठमाडौंको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाडौंको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

नेपालखबर
साउन १६, २०८० मंगलबार २१:२८, काठमाडौँ

सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ। अगस्ट १, २०२३ देखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सिइओ श्री जोङ बुम पार्कले गरेका हुन्।

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो।

यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरूले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरिदको निर्णय गर्न सहज हुनेछ ।

यो ब्रान्ड स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने कम्पनीले विश्वास लिएको छ।  

ग्राहकहरूले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आवद्ध  इको्सिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरू, ट्याब्लेटहरू, सामसङ मोनिटरहरू, सामसङ उपकरणहरू र सामसङ टेलिभिजनहरू समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन्।

स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवाहरूलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरू राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ। स्टोरमा ग्राहकहरूले सामसङका उत्पादनहरूलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरु सजिलै खरिद गर्न सकिने बताइएको छ।

स्टोरमा आउने ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्ने बताइएको छ।

सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शुन्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो।

यसले ग्राहकलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरू खरीद गर्न वा न्यूनतम मुल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन्।

यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरूलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .