ad ad

राजनीति


सुन तस्करलाई उन्मुक्ति दिन एमालले छानबिन समिति माग गर्‍यो : माओवादी सांसद दाहाल

सुन तस्करलाई उन्मुक्ति दिन एमालले छानबिन समिति माग गर्‍यो : माओवादी सांसद दाहाल

नेपालखबर
साउन १६, २०८० मंगलबार २१:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरूलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन्।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताएका हुन्। 

्‘आज उहाँहरूले छानबिन समिति बनाउनैपर्छ भन्ने छ। हाम्रो के कुरा छ भने सरकारकै तर्फबाट व्यवस्थित ढंगले अनुसन्धानको प्रक्रिया अन्तिम–अन्तिममा पुगिसकेको छ। अपराधीहरू पक्रेका छन्,’ उनले भने, ‘सुन तस्कर पक्रेका छन्। छापा मारिएको छ। सुन गाल्ने मेसिन गिरफ्तारमा परेका छन्। त्यसकारणले गर्दा यो अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने, अनुसन्धान प्रक्रियालाई विषयान्तर गर्ने र अनुसन्धान प्रक्रियालाई लम्ब्याउने, अपराधीलाई उन्मुक्ति दिने।’

अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि उनले लगाए। 

एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने उनले बताए। उनले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिए।

‘कहीँ न कहीँ रकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनशायसहित उहाँहरुले जो छानबिन समितिको माग राख्नुभएको छ। उहाँहरुको नियतमा आशंका छ। र सरकारको तर्फबाट त्यो छानविन समिति बनाउने प्रक्रियामा सहमत हुँदैन,’ उनले भने, ‘सुन तस्करी पार्टीको मान्छे परे भने बचाउने लेनदेनको विषय बनाइएको छ। छानबिन समिति बनाएर लामो समय लम्ब्याउने र अपराधीहरूलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यसहित नेकपा (एमाले) ले छानबिन समित बनाउने भनेको हो। तस्कर उन्मुक्ति दिन र प्रमाण नष्ट गर्न समय चाहिन्छ त्यसको लागि हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .