कारोबार


छैठौं महिला उद्यमी सम्मेलन माघ १२ मा

छैठौं महिला उद्यमी सम्मेलन माघ १२ मा

नेपालखबर
माघ ५, २०७६ आइतबार १५:१२,

छैठौं महिला उद्यमी सम्मेलन २०२० काठमाडौंमा आयोजना हुने भएको छ।

‘कनेक्ट, कोलाबोरेट र क्रियट’ भन्ने नाराका साथ नेपाली युवा उद्यमी फोरमले आइतबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते काठमाडौंको लाजिम्पाट स्थित होटल -याडिसनमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

कार्यक्रममा नेपाली युवा उद्यमी फोरमका उपाध्यक्ष उपासना श्रेष्ठले विभिन्न व्यवसाय तथा उद्यमशीलता प्रति आकर्षित युवाहरुलाई लक्षित गरेर महिला उद्यमशीलता सम्मेलन आयोजना गर्न लागिएको बताइन्।

उनले सम्मेलनमा व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा सफलता पाइरहेका उद्यमी व्यवसायीहरुको अनुभव, योजना र व्यवसायीक साझेदारी साटासाट हुने बताइन्। सम्मेलनमा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरु गरी करिब ३ सय जनाको उपस्थिति रहने उपाध्यक्ष श्रेष्ठले बताइन्।

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने उपाध्यक्ष श्रेष्ठले बताइन्। सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्ने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad