ad ad

कारोबार


रासायनिक मल मौज्दात छ, अभाव हुँदैन : मन्त्री भुसाल

रासायनिक मल मौज्दात छ, अभाव हुँदैन : मन्त्री भुसाल

नेपालखबर
साउन १५, २०८० सोमबार १८:११, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन्।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताए।

उनले भने, ‘दुई सय ८४ मेट्रिक टन मल सरकारसँग मौज्दात रहेको छ। कुन डिपोमा कति छ भन्ने समेत दिनसक्छौं। रासायनिक मलको अभाव छैन। गत वर्षको जस्तो रासायनिक मल अभाव छैन। अहिले पर्याप्त मल आयात भएको छ।’

मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको बताए। उनले संघीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएपनि स्थानीय तहले राम्रो काम गर्न नसकेको बताए। उनले स्थानीय तहले रासायनिक मल वितरण राम्रो गर्न नसक्दा मल वितरणमा समस्या देखिएको बताए। उनले स्थानीय तहले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको आरोप लगाए।

मन्त्री भुसालले सरकारले काभ्रे, पाल्पा, इलाम, कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा मल वितरणमा बद्मासी गर्नेहरुलाई कारबाही गरेको बताए।

उनले सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल बाटोमा रहेको बताए। उनले अब आउने पुससम्मको लागि मल ल्याउनको लागि टेन्डर पनि भइसकेको बताए।

उनले समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको भन्दै समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु भएको बताए। उनले मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो लाग्ने गरेको बताए।

उनले लामो समय खरिद र ढुवानी प्रक्रियाका लागि समयमा लाग्ने र बजेट नहुँदा समस्या हुने बताए। उनले मल कारखाना बनाउने विषयमा भने  गम्भिर समिक्षा गर्नुपर्ने अवस्था रहेको बताए।

मन्त्री भुसालले गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब बजेट विनियोजन गरेकोमा ३३ अर्ब बराबरको मल आपूर्ति गरेको भन्दै चालु आवका लागि ३० अर्ब बजेट विनियोजन भएको उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .