कारोबार


एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता

एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता

नेपालखबर
साउन १५, २०८० सोमबार १५:१०, काठमाडौँ

एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता भएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्ड को.प्रा.लि. बिच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पे रोल सिप’ लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराज हुलासचन्द एन्ड को.प्रा.ली. का कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना एसआईपी मार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को.प्रा.लि.का तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक – एचआर नीता राणा तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे।

समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड को.प्रा.ली.का तर्फबाट सहायक महाप्रबन्धक – अकाउन्ट एण्ड फाइनान्स सन्तोष प्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट वित्त नियन्त्रक – अकाउन्ट एण्ड फाइनान्स योगेश चन्द्र पन्तको पनि उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad