सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले शुक्रवार आफ्नो १७ औँ वार्षिक साधरण सभा सम्पन्न गरेको छ।
उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे। उनले आ.व. २०७४/७५ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु १ अर्ब ७८ करोड ९३ लाख ३ हजार बीमा शुल्क आर्जन गरेको जानकारी गराए।
सभाले हाल कायम रहेको चुक्ता पुँजीको १५.४८४३३ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्यो।
सभाले आगामी ४ वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ३ जना सञ्चालकहरुमा रतन लाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ।
प्रतिक्रिया