ad ad

कारोबार


२२०० विन्दु तल झर्‍यो सेयर बजार, साढे ४ अर्ब बढीको कारोबार

२२०० विन्दु तल झर्‍यो सेयर बजार, साढे ४ अर्ब बढीको कारोबार

नेपालखबर
साउन ८, २०८० सोमबार १५:३८, काठमाडौँ

आज सेयरबजार २७.७२ अंकले घटेको छ। बजार २७.७२ अंकले घटेर २१९९.४४ विन्दुमा झरेको हो। नेप्से परिसूचक गिरावट आएपनि कारोबार रकम भने बढेको छ। आज बजारमा ४ अर्ब ६७ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ३० करोडको कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकले हिजो (आइतबार) २०८०/०८१ को लागि मौद्रिक नीति जारी गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने उल्लेख गरेपश्चात बजार उत्साह देखियो। र, बजार २२ सय विन्दु माथि उक्लिन सफल भयो।

कारोबार समयपछि नेपाल राष्ट्र बैंकले गरेको सञ्चार साक्षात्कार कार्यक्रमा गभर्नर महाप्रसाद अधिकारीले ५० करोडसम्मको सेयर धितो कर्जाको मात्र जोखिम भार कम हुने प्रष्ट पारे। जसकारण आज बजारमा लगानी थप्ने भन्दा घटाउने हाबी हुँदा बजार २२ सय विन्दु तल झरेको हो।

आज १३ उपसमूह मध्ये २ बढे भने बाँकी सबै उपसमूहमा गिरावट आयो। आज अन्य उपसमूह र म्युचल फण्ड बाहेकका सबै उपसमूहमा गिरावट आएको छ।

आज विकास बैंकहरुको उपसमूह सबैभन्दा धेरै साढे ३ प्रतिशतले घटेको छ। मौद्रिक नीतिमा राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था आएसँगै आज यस उपसमूह सबैभन्दा धेरै घटेको हो।

आज नेप्सेमा किसान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.७० प्रतिशत र बिपीडब्लु लघुवित्तको सेयरमूल्य ४.७१ प्रतिशतले बढेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकको १८ करोड ६५ लाख, प्रभु बैंकको १५ करोड र कुमारी बैंकको १३ करोड रुपैयाँको कारोबार भएको छ।

आज फ्लोरसिटी विश्लेषण हेर्दा अपी पावर कम्पनी, नेपाल रि–इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई बैंक र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा)को सेयरमा उच्च डिमान्ड देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .