निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तारको लक्ष्य ११.५ प्रतिशत तोकिएको छ। आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तारको लक्ष्य ११.५ प्रतिशत तोकेको छ।
यसमा गत आर्थिक वर्षमा १२.६ प्रतिशतको लक्ष्य राखिएको थियो।
कर्जा प्रवाहको विस्तारले आयात र अनुत्पादक क्षेत्रमा लगानी बढाएको भनी आलोचना भइरहेको बेला केन्द्रीय बैंकले यसमा कडाइ गरेको हो।
यो वर्ष मुद्रा आपूर्तिसँग सम्बन्धित विस्तृत मुद्रा प्रदायको वृद्धिदरलाई पनि १२.६ प्रतिशतमा सीमित राखिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत पुग्ने जनाएको छ।
33
Shares
प्रतिक्रिया