यही साउन ८ गते सोमबारदेखि सिप्रदीको नेपालभरी रहेका टाटा मोटर्स शो रुमहरुमा ‘मनसुन म्याजिक’ नामक एक्सचेन्ज क्याम्प सुरु हुँदैछ।
सो क्याम्प एक हप्तासम्म चल्ने सिप्रदीले जनाएको छ।
‘अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ। तुलनात्मक रुपमा ईभी गाडीहरुको बिक्री पनि त्यही क्रममा बढिरहेको छ’ कम्पनीले भनेको छ, ‘प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडी सँग साट्ने क्रम बढ्दो छ।’
ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर कम्पनीले एक्चेन्ज अफर सञ्चान गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार उक्त कार्यक्रमका प्रमुख विशेषताहरु यस प्रकारका छन्ः
- जुनसुकै ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी सँग साट्न सकिने व्यवस्था
सो एक्सचेन्ज क्याम्पमा दिइएको लिंकमा रजिस्टर गर्न अथवा शोरुम आई आफ्ना गाडीलाई टाटा मोटर्सका विद्युतीय गाडीहरुसँग साटेर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सका नेक्सन ईभी र टिगोर ईभी सँग साट्न सकिने व्यवस्था गरिएको छ।
उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।
थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बरमा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ वा फोन नं ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया