कारोबार


२६ औं वर्षमा एनआईसी एशिया

२६ औं वर्षमा एनआईसी एशिया

नेपालखबर
साउन ५, २०८० शुक्रबार १४:७, काठमाडौँ

एनआईसी एशिया बैंकले २६ औं वर्ष पूरा गरेको छ। यस अवसरमा बैंकले कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागेको छ। 

देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औं वार्षिकोत्सव मनाउन लागेको बैंकले जानकारी गराएको छ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ स्लोगनसहित अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले धन्यवाद ज्ञापन गरेको छ। 

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ,’ बैंकले भनेको छ, ‘आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad