कारोबार


तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख रुपैयाँ

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख रुपैयाँ

नेपालखबर
साउन २, २०८० मंगलबार १८:२, काठमाडौँ

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ। आर्थिक वर्ष २०७९÷८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो।
कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने, ‘बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ।’

गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए।

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत रु ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट रु २५ लाख ८८ हजार आम्दानी भएको छ। चन्दाबापत रु चार लाख सोह् हजार, मन्दिरको भेटी रु पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट रु तीन लाख आठ हजार तथा  ब्याजबाट रु १७ हजार आम्दानी भएको छ।

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए। तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ। सात दिन स्नानका लागि प्रतिव्यक्ति रु। तीन सय ५० शूल्क तोकिएको छ। बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन्।

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ। कुण्डका कर्मचारीको तलबमा रु ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल रु एक करोड ३६ लाख १९ हजार खर्च भएको छ। आर्थिक वर्ष २०७८/७९ मा रु एक करोड १७ लाख २२ हजार, आव २०७७/७८ मा रु ७८ लाख एक हजार, आव २०७६/७७ मा रु एक करोड १३ लाख ४९ हजार, आव २०७५/७६ मा रु ९९ लाख ४२ हजार तथा आव २०७४÷७५ मा रु ६५ करोड छ लाख आम्दानी भएको थियो।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा रु २६ लाख ५७ हजार, आव २०७५/७६ मा रु ९६ लाख १० हजार, आव २०७६/७७ मा रु एक करोड १४ लाख २३ हजार, आव २०७७/७८ मा रु एक करोड १४ लाख ५२ हजार तथा आव २०७८/७८ मा रु एक करोड ९० लाख ५६ हजार खर्च भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad