गत आर्थिक वर्ष अर्थात् गत वर्षको साउनदेखि यही असारसम्मको अवधीमा विदेशी लगानीकर्ताले १६ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रतिफल विदेश लगेका छन्।
विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर त्यसमार्फत भएको प्रतिफललाई रोयल्टी र लाभांश मार्फत रकम विदेश लगेका हुन्।
धेरै प्रतिफल लाने कम्पनीहरुमा गोर्खा ब्रुअरी, एनसेल, सूर्य नेपाल, युनिलिभर जस्ता कम्पनीहरु रहेका छन्।
यो वर्ष रोयल्टी माफर्त २ अर्ब ३३ करोड रुपैयाँ र १३ अर्ब ८४ करोड रुपैयाँ लाभांश मार्फत रकम विदेश गएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८।७९मा १३ अर्ब ६६ करोड रुपैयाँ लाभांश बापत गएको देखिएको छ। त्यस्तै रोयल्टीमार्फत भने ४ अर्ब ६४ करोड रुपैयाँ गएको देखिएको हो। गत आर्थिक वर्षभरिमा १८ अर्ब ३० करोड रुपैयाँ स्वीकृत गरेको हो। जुन रकम अहिले ठूलो गिरावट भएको देखिएको हो।
त्यस्तै नेपालमा उद्योग व्यवसाय सञ्चालनको लागि ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षभरिमा ३ सय २७ वटा उद्योग व्यवसयामा लगानी प्रतिवद्धता आएको हो।
यो लगानी प्रतिवद्धताबाट १७ हजार १२ जनालाई रोजगारी दिने समेत उल्लेख छ।
वैदेशिक लगानीको लागि आएको प्रतिवद्धता अनुसार साना उद्योगहरु २ सय ९७ वटा रहेका छन्। मझौला उद्योगहरु २५ वटा र ठूला उद्योगहरु ५ वटा आएका छन्।
Shares

प्रतिक्रिया