कारोबार


नेप्सेसँगै कारोबार बढ्यो

नेप्सेसँगै कारोबार बढ्यो

नेपालखबर
असार २७, २०८० बुधबार १५:३३, काठमाडौँ

सेयर बजार २५.३१ अंकले बढेको छ। आज २५.३१ अंकले बढेको बजार २०९७ विन्दुमा पुगेको हो। आज बजारसँगै कारोबार समेत बढेको छ।

आज बजारमा ३ अर्ब १८ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ८१ करोडको कारोबार भएको थियो।

आज बजार खुलेको विन्दु नै न्यून विन्दु थियो। साथै आज उच्च २०९९.७२ विन्दुमा पुगेको थियो।

आज १३ उपसमूह मध्ये ११ बढे भने २ घटेका छन्। आज फाइनान्स उपसमूह र होटल कम्पनीको उपसमुह घटेका हुन्।

आज सर्वाधिक बढ्नेमा हाइड्रोपावर उपसमूह रहेको छ। हाइड्रोपावर उपसमूह ४.४१ प्रतिशतले बढेको छ।

आज शिवश्री हाइड्रोपावर कम्पनी र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज शिवम् सिमेन्टको सर्वाधिक ३३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .