सेयरबजार २८.३८ अंकले बढेको छ। आज बजार २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हो। बढेको बजारमा कारोबार समेत बढेको छ।
आज बजारमा ३ अर्ब ४ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बजारमा २ अर्ब ८४ करोडको कारोबार भएको थियो।
आज बजार न्यून २०४९.६९ र उच्च २०८५.२३ विन्दुमा पुगेको थियो। कारोबारमा आएका १६८ कम्पनीको सेयरमूल्य बढ्दा ५० कम्पनीको घटेको छ। त्यसैगरी ६ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज सबै उपसमूह बढेको छ। आज होटल एण्ड टुरिजम उपसमूह सबैभन्दा धेरै ४.६३ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूह भने सामान्य बढेको छ।
आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। साथै सिटी होटलको ९.५१ प्रतिशत र प्रभु बैंकको ऋणपत्रको सेयरमूल्य ८.२२ प्रतिशतले बढेको छ।
हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोडको कारोबार भएको छ।
Shares
प्रतिक्रिया