नेपाल राष्ट्र बैंकले सोमबार (असार २५ गते) २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ।
राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० रुपैयाँ गरी कुल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २३ गते, ९१ दिन अवधिको ट्रेजरी असोज २३ गते, १८२ दिन अवधिको पुस २४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने (क) वर्गका वाणिज्य बैंक, (ख) वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनी, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।
Shares
प्रतिक्रिया