कारोबार


टाटा टियागोको बिक्री संख्या पाँच लाख पुग्यो

टाटा टियागोको बिक्री संख्या पाँच लाख पुग्यो

नेपालखबर
असार २४, २०८० आइतबार १३:४३, काठमाडौँ

भारतीय कम्पनी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडीहररू बिक्री गर्न सफल भएको छ। सन् २०१६ मा   बिक्री सुरु गरिएको यस गाडीले सात वर्षको छोटो अवधि मै यो सफलता हासिल गरेको कम्पनीको दाबी छ।

कम्पनीका अनसार उल्लेखित कुल पाँच लाखमध्येका एक लाख गाडीहरु केवल १५ महिनामा बिक्री भएको थियो।

टियागोले ‘नेट प्रोमोटर स्कोरमा’ पनि ५१ अंक हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो। यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरु जितेको छ। यी उपलब्धिहरुले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवं  सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्दछ,’कम्पनी श्रोत बताउँछ।

सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो।

नेपाली बजारमा पनि टाटा टियागोको बजार तीब्र ढंगले बढेको बताइन्छ। नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार विशेषतस् भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवावर्गको (औसत उमेर ३५ वर्ष) पहिलो रोजाईमा यो परेको छ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य छ।

‘टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता  र अतुलनीय आरामको सुनिश्चितता गर्दछ। त्यसैले नेपाली ग्राहकहरुले मन मस्तिष्कमा यसको अमेट्य छाप छोड्न सफल भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad