कारोबार


सिलगुढीदेखि झापासम्म पेट्राेलियम पाइपलाइनकाे अध्ययन गर्न भारत सकारात्मक

सिलगुढीदेखि झापासम्म पेट्राेलियम पाइपलाइनकाे अध्ययन गर्न भारत सकारात्मक

नेपालखबर
माघ २, २०७६ बिहिबार १३:२३,

भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा अध्ययन गर्ने सहमति भएको छ।

नेपाल–भारत पेट्रोलियम तथा प्रकृतिक ग्याँस सम्बन्धी जोइन्ट वर्किंग ग्रुप (सहसचिव स्तरीय संयन्त्र)को पहिलो बैठकले नेपाल–भारत संयुक्त अध्ययन टोली बनाई अध्ययन गर्न सहमति भएको हो।

बैठकमा नेपाल सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरे र भारतको तर्फबाट बी.एन. रेन्ड्डीले गरेका थिए। सहसचिव घिमिरेले संयुक्त अध्ययन टोलीले प्रतिवेदन तयारगरी नेपाल–भारत जोइन्ट वर्किङ कमिटीमा पेश गर्ने सहमति भएको बताएका छन्।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको पाँच महिनापछि दोस्रो अन्तरदेशीय पाइपलाइन बिछ्याउन दुवैपक्षबीच प्राविधिक अध्ययन टोली गठन गर्ने सहमति भएको हो। उक्त टोलीले मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने विषयमा समेत अध्ययन गर्ने छ।

दुईपक्षबीच सहमतिका मुख्य ७ बुँदा
१) मोतिहारी–अमलेखगंज पाईपलाइनको दोश्रो चरण अन्तर्गत नेपाल आयल निगम र इण्डिय आयल कर्पोरेसन लिमिटेडबाट निर्माण गरिने पेट्रोलियम टैकका विषयमा नेपाल आयल निगम लि. र इण्डियन आयल कर्पोरेसन लि. ले अवधारणा पत्र र लागत अनुमान तयार गर्ने।

२) मोतिहारी–अमलेखगन्ज पेट्रोलिलाम पाईपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने तथा सिलिगुढी–झापा पेटोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली बनाई विस्तृत प्राविधिक प्रतिवेदन तयार गरी नेपाल–भारत जोइण्ट वर्किटं गु्रपमा पेश गर्ने।

३) नेपालको झापा र धनुषामा निगमको बोटलिङ प्लाण्ट निर्माण गर्ने विषयमा इण्डियन आयल कर्पोरेसन लिमिटेडले प्राविधिक सहायता उपलब्ध गराउने विषयमा नेपाल आयल निगमले विस्तृत अवधारणा पत्र तयार गरी इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई उपलब्ध गराउने।

४) नेपालमा पेटोलियम तालिम केन्द्र÷व्यावसायिक तालिम केन्द्र/सीप विकास केन्द्र स्थापना गर्ने विषयमा नेपाल आयल निगम÷नेपाल सरकारले उपयुक्त स्थान छनौट गर्ने।

५) नेपालको वीरगञ्ज भन्सार कार्यालयमा डिजिटल डिस्प्ले मीटर राख्ने विषयमा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको संयुक्त टोलीले आवश्यक कारवाही अगाडि बढाउने

६) भारतको लखनउबाट वण्डेड हवाई इन्धन आयात गर्ने विषयमा पुनरावलोकन गर्ने र सो विषयमा थप सहजीकरण गर्न नेपाल आयल निगम लि. र इण्डियन आयल कर्पोरेसनले नजिकको वैकल्पिक मार्ग खोजी गर्ने।

७. नेपाल–भारत संयुक्त कार्यदलको अर्को बैठक नेपालमा बस्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad