ad ad

कारोबार


कर कार्यालयका हाकिमलाई अर्थमन्त्रीको निर्देशन : व्यक्तिगत फाइदाका लागि राजश्वमा सम्झौता नहोस्

कर कार्यालयका हाकिमलाई अर्थमन्त्रीको निर्देशन : व्यक्तिगत फाइदाका लागि राजश्वमा सम्झौता नहोस्

नेपालखबर
असार २०, २०८० बुधबार १६:१०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा व्यक्तिगत फाइदा नलिन कर कार्यालयका हाकिमहरुलाई निर्देशन दिएका छन्। बुधबार आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले देशभरका कर्मचारीलाई जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए।

मन्त्री डा. महतले भने, ‘व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्। कर्तव्यनिष्ठ भएर काम गर्नु होला। यो वर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नु पर्छ।’

सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न, समेत मन्त्री महतले निर्देशन दिए।

अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा रहेको अर्थमन्त्रीले अवगत गराए।

‘जसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ। तर, अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ मन्त्री महतले भने, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं। यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .