सरकारले एकदिन १८ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गरेको छ। आर्थिक वर्षको अन्तिम समयमा सरकारले हरेक दिन ठूलो परिमाणमा भुक्तानी गरिरहेको छ।
चालू आर्थिक वर्षको अन्तिम महिना चलिरहेको छ। अन्तिम महिनाको पनि भुक्तानी हुने अन्तिम समय अहिले हो।
महालेखा नियन्त्रकको कार्यालयले असार २१ गतेसम्म मात्रै भुक्तानी हुने र त्यही अनुसार गर्न कोष तथा लेखा नियन्त्रक र प्रदेश लेखा नियन्त्रकलाई निर्देशन समेत दिइसकेको छ।
१७ गते आइतबार १८ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गरेको संघीय सरकारले चालूतर्फ धेरै खर्च गरेको छ।
चालू खर्च ८ अर्ब ९२ करोड रुपैयाँ एकै दिन भुक्तानी दिएको हो।
त्यस्तै २ अर्ब २३ करोड रुपैयाँ पुँजीगत भुक्तानी भएको छ भने वित्तिय व्यवस्थापनमा ७ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।
60
Shares
प्रतिक्रिया