ad ad

कारोबार


११.६९ अंकले बढेको बजारमा १२३ कम्पनीका सेयरमूल्य बढ्यो

११.६९ अंकले बढेको बजारमा १२३ कम्पनीका सेयरमूल्य बढ्यो

नेपालखबर
असार ११, २०८० सोमबार १५:२३, काठमाडौँ

आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अंकले बढेको छ। आज बजार ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको हो।

आज बढेको बजारमा ५ अर्ब ३१ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ। आइतबार नेप्सेमा ६ अर्ब ३९ करोडको कारोबार भएको थियो।

आज २१२४.०१ विन्दुमा खुलेको बजार उच्च २१५४.८६ विन्दु र न्यून २१२०.४२ विन्दुमा पुगेको थियो। कारोबार सुरुवातमा बढेको बजारमा बिक्रेता हावी हुँदा बजार साढे २१ सय विन्दु माथि उक्लिन सकेन।

बजार बन्द हुने समयमा पुनः सम्हालिएर २१२९.४२ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबारमा आएका २७९ कम्पनीहरु मध्ये १२३ कम्पनीको सेयरमूल्य बढेको छ भने ९८ कम्पनीको घटेको छ। बाँकी कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।

आज हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी शिवम् सिमेन्टको सर्वाधिक ४२ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .