ad ad

कारोबार


स्टक एक्स्चेन्जको नयाँ लाइसेन्स अध्ययनपछि मात्रै

स्टक एक्स्चेन्जको नयाँ लाइसेन्स अध्ययनपछि मात्रै

नेपालखबर
माघ १, २०७६ बुधबार १०:६,

नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ।

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताएका हुन्। बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवस्यकता रहेको बताए। उनले नेप्सेमा समय सापेक्ष सुधारको आवस्यकता रहेको समेत बताए।

अहिले रियलटाईममा कारोबार हुन नसकेको बताउँदै त्यस्तो कारोबारका लागि नेप्सेले पनि काम गर्नुपर्ने बताए। त्यस्तै अध्यक्ष ढुंगानाले कमोडिटिज एक्सचेन्जको संख्या तोकेर लाइसेन्स दिने भन्दा पनि आवश्यकता के हो त्यसको अध्ययन गरेर मात्र लाइसेन्स दिने बताए। उनले वोर्डमा आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन नै नभएको अवस्थामा कतिवटा कमोडिटिज एक्सचेन्ज दिने भन्ने निर्णय नगरिएको समेत बताए।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै बोर्डले धितोपत्र बजारको सुधारका लागि प्रयाप्त काम गरिरहेको बताए। उनले पूँजीगत लाभकारको गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससिको वेबसाइटमार्फत आधार मूल्य प्रविष्ट गरी पेश गर्न सकिने व्यवस्था गरिएको बताए। उनले २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबार गर्न अनुमति पाइसकेको र ३ वटाले कारोबार सुरु गरिसकेकाले बजार सुधारका प्रयासहरु सकारात्मक भएको बताए।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अध्ययन भइराखेको जानकारी समेत दिए। उनले प्रादेशिक ब्रोकर दिन नेप्से सक्षम रहेको बताउँदै बोर्डले यस सम्बन्धी निर्णय छिट्टै लिने समेत बताए।

कार्यक्रममा पूँजी बजारमा देखिएका समस्याको समाधानका लागि नेपाल सरकारले गठन गरेको समितिले दिएको ५८ बुँदे सुझाव मध्ये ६८ प्रतिशत सुझावको कार्यान्वयन भइसकेको कार्यकारी निर्देशक गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .