ad ad

कारोबार


आर्थिक वर्ष अन्तिम महिना : दैनिक खर्च ८ अर्ब, राजस्व २ अर्ब पनि पुग्न सकेन

आर्थिक वर्ष अन्तिम महिना : दैनिक खर्च ८ अर्ब, राजस्व २ अर्ब पनि पुग्न सकेन

नेपालखबर
असार ६, २०८० बुधबार २०:४३, काठमाडौँ

चालू आर्थिक वर्षको अन्तिम महिना असारको पहिलो हप्ता चलिरहेको छ। पहिलो हप्ताको सुरुवाती विवरण हेर्दा सरकारको दैनिक खर्च बढ्न थालेको देखिन्छ।

एकै दिन सरकारले ८ अर्ब सम्मको चेक काटेको छ।

आय व्यवको विवरण राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १ गते सरकारले १ अर्ब ३७ करोेड रुपैयाँ राजस्व प्राप्ति गरेको थियो।

२ गते शनिवार परेकोले राजस्वबाट ४ करोड ३७ लाख रुपैयाँ प्राप्ति गरेको छ।

३ गते १ अर्ब ९० करोड र ४ गते १ अर्ब ४८ करोड रुपैयाँ भन्सार र आन्तरिक तर्फको गरी सरकारले राजश्व असुल गरेको छ।

तर खर्च भने विगतको भन्दा बढ्दो क्रममा रहेको देखिएको छ।

महालेखाका अनुसार १ गते ३ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ। २ गते शनिवार थियो। जसकारणले गर्दा ४ करोड ४७ लाख मात्रै खर्च भएको छ।

३ गते आइतबार ८ अर्ब ४२ करोड रुपैयाँ र सोमबार अर्थात ४ गते ३ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ।

अहिलेसम्म सरकारले ८ खर्ब ४२ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। अहिले सम्मको खर्च भने ११ खर्ब ९३ अर्ब रुपैयाँ भएको देखिएको छ।

जेठ महिनासम्मको स्थिति हेर्ने हो भने सरकारले भन्सारबाट ३ खर्ब ५६ अर्ब रुपैयाँ संकलन गरेको छ।

आन्तरिक राजस्व विभागत तर्फको हेर्ने हो भने ४ खर्ब ८ अर्ब रुपैयाँ संकलन भएको छ।

आयकरबाट १ खर्ब ७० अर्ब, घरबहाल शुल्क २ अर्ब ३९ करोड, ब्याज कर ३१ अर्ब ४४ करोड, आन्तरिक भ्याट ९९ अर्ब ४१ करोड, अन्तशुल्क आन्तरिक ९६ अर्ब ९० करोड, स्वास्थ्य सेवा शुल्क ६ अर्ब ३८ करोड, शिक्षा शुल्क १ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको आन्तरिक राजश्व विभागले जानकारी दिएको हो।
   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .